काठमाण्डौं, ११ कार्तिक। नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादूर देउवाले एकीकृत नेकपा माओवादीको अराजकता बढ्दै गएको टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेस निकट पत्रकारहरुको संजाल प्रेस युनियन चितवनले आज भरतपूरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहांले बिरोध गर्ने
अधिकार सबैलाई भएपनि बिरोधका नाममा आक्रमण भने गर्न नपाइने बताउनुभयो। माओबादीको शैलिप्रति कांग्रेसले पहिलेदेखि नै आवाज उठांउदै आएको बताउंदै उहांले अराजकता लामो समय टिक्न नसक्ने जिकिर गर्नुभयो। यस्तै सिचाइमन्त्री बालकृष्ण खाणले सरकार अब शान्तिसुरक्षाको विषयमा कडाइका साथ प्रस्तुत हुने बताउनुभयो। उहाले सरकारले ल्याएको विशेष सुरक्षा नीतिलाई अझै सुदृढ पार्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो। माओवादीले दम्भ र अराजकताको राजनीति नछाडेका कारण सरकारको माओवादीलाई हेर्ने दृष्टिकोण साघुरिएको उहाले बताउनुभयो। सरकार र दलहरूले माओवादीका मागबारेमा छलफल जारी राखे पनि माओवादी आफै सहमतिमा आउन नखोजेको उहाले जिकिर गर्नुभयो।