लहान, १ जेठ पूर्व-पश्चिम राजमार्गको सप्तरी शम्भुनाथमा यात्रु बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। ठक्करपछि बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्। मृत्यु हुने १० वर्षीय बालक कौशल चौधरी छन्। राजबिराबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ३ ख ५२८२ नम्बरको बसले
शम्भुनाथमा मेला भरेर फर्किंदै गरेका बालक चौधरीलाई शनिवार साँझ ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राजबिराजले जनाएको छ। तीब्र गतिमा रहेको सो बसले बालकलाई बचाउन खोजे पनि गतीका कारण अजियन्त्रीत भई बसले बालकलाई ठाक्दै पल्टेको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ।बस पल्टेर घाईते मध्ये दुईजनालाई थप उपचारका लागि धरान लगिएको छ भने बाकिको सगरमाथा अञ्चल अस्पताल राजबिराज र लहान नर्सिगंँ होममा उपचार भैरहेको प्रहरीले बताएको छ।